मोरङ : मोरङको सुनवर्षी नगरपालिका–९ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
सोमबार दिउँसो करेन्ट लागेर ५० वर्षीया मंगलीदेवी मेहताको मृत्यु भएको हो।
मोरङ प्रहरीका अनुसार कलमा जोडेको मोटरबाट ‘बिजुली लिक’ भएर करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।














Discussion about this post