इटहरी : इटहरी उपमहानगरपालिकाको नगर गौरवको योजना अन्र्तगत कचना बूढीगंगा स्कुल इटहरी ४ को छात्रावाससहितको सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको छ ।
इटहरी उपमहानगरपाकिाका प्रमुख द्धारिकलाल चौधरीले भवनको शिलान्यास गरे । १५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई बर्षभित्रमा छात्रावाससहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।
भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले आफनो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा सकारात्मक काम भएको बताए ।
नगरबासीको उल्लेख्य सहयोगमा इटहरीका जनप्रतिनिधिले सम्वृद्धिको अगुवाई गरेको उनको भनाइ छ ।
उपप्रमुख लक्ष्मी गौतमले छात्रावाससहितको अत्याधुनिक सामुदायिक विद्यालय यो सुनसरीमै पहिलो हुने दाबी गरिन् । उनले उपमहानगरको शैक्षिक क्षेत्रको फरक र महत्वपूर्ण गौरवको कार्यक्रम रहेको बताइन् ।
इटहरी उपमहानगरपालिकाको पहलमा राष्ट्रिय योजना आयोगमार्फत संघीय सरकारको विशेष अनुदानमा उपमहानगरपालिकाको दश प्रतिशत लगानी थप गरी भवन निर्माण हुनेछ ।



















Discussion about this post