इटहरी : सुनसरीको गढी गाउँपालिका ६ मा ट्रयाक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा गढी ६ का ७० वर्षीय हरिलाल मगरदैता रहेका छन् ।
मंगलबार राति ९ बजे प्रदेश १-०२-००३ त नम्बरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राजजानकी मन्दिर परिषरमा बसिरहेको मगरदैतालाई ट्रयाक्टरको डालाले ठक्कर दिएको थियो ।
ठक्करबाट घाते भएका मगरदैताको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।














Discussion about this post