Friday, April 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा प्रेस युनियनद्वारा आँखा तथा कान शिविर, १४० जना लाभान्वित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १९, २०७८
in समाचार
0
इटहरीमा प्रेस युनियनद्वारा आँखा तथा कान शिविर, १४० जना लाभान्वित

शिविरमा आँखा जचाउँदै अग्रज पत्रकार हर्ष सुब्बा ।

192
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले यहाँका सञ्चारकर्मी तथा उनीहरूका परिवारको निःशुल्क आँखा तथा कान शिविर गरेको छ ।

बिहीबार (आज) इटहरीमा आयोजना गरिएको शिविरमा १४० जना लाभान्वित भएका छन् ।

प्रेस युनियन सुनसरीको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीको सहआयोजना तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा आँखा तथा कान शिविर आयोजना गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

‘प्रत्यक्ष रूपमा आँखा र कानले धेरै महत्वपूर्ण काम गर्ने भएकाले यो शिविर आयोजना गरिएको हो,’ अधिकारीले भने, ‘पत्रकार र उनीहरूका परिवारको निःशुल्क शिविर राखिएको हो ।’

उनका अनुसार विश्व श्रवण दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो । परीक्षणमा समस्या भएकालाई निःशुल्क चस्मा तथा औषधि वितरण समेत गरिएको थियो ।

पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, अग्रज पत्रकार हर्ष सुब्बाले युनियले पत्रकारहरूका लागि यस्ता किसिमका शिविर आयोजना गर्नु सराहनीय रहेको तर्क राखे । ‘पत्रकारहरूलाई नै लक्षित गरेर यस्ता किसिमका शिविर आयोजना गर्नु अतुलनीय काम हो,’ सुब्बाले भने, ‘विराटनगरको रानीमा रहेको आँखा अस्पताल भएकै कारण म धरानबाट इटहरी आएको हुँ, यो सकारात्मक काम हो ।’

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष गिरीराज आचार्य, हर्ष सुब्बा, कृष्णविनोद लम्साल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का लगायतको आँखा तथा कान जाँच गरी शिविरको सुरुआत गरिएको थियो ।

कार्यक्रममा बोल्दै विराटनगर आँखा अस्पतालका कुमार प्रितुले विराटनगर आँखा अस्पतालमा विशेषगरी भारत, बङ्गलादेश, भुटान लगायतबाट आँखा तथा कान शिविर गर्न आउनेको संख्या उच्च रहेको बताए ।

उनले भने, ‘हामीकहाँ विभिन्न बाहिरी देशबाट जाँचका लागि आउनुहुन्छ, तर शिविरकै रूपमा भने पहिलोपटक सञ्चारकर्मीहरूको शिविर राखिएको हो ।’

उनका अनुसार सञ्चारकर्मीहरूले धेरैजसो समय कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता प्रविधिमा समय दिने भएकाले यसले दीर्घकालीन असर समेत पर्ने भएकाले वर्षमा एकपटक आँखा तथा कान जाँच गराउन आवश्यक रहेको बताए ।

प्रेस युनियन सुनसरीले यसअघि कोरोना महामारीमा जिल्लाका सञ्चारकर्मीहरूको कोरोना बीमा, दुर्घटना बीमा, फुड बैँक सञ्चालन जस्ता कार्यक्रमको आयोजना गरिसकिएको युनियन सुनसरीका सचिव विवेक भट्टराईले बताए ।

उनका अनुसार केही साता अगाडि मात्रै यहाँका क्रियाशिल फोटो पत्रकारहरूलाई फोटोग्राफी सम्बन्धि तालिम समेत सञ्चालन गरिएको छ ।

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीशिविर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

by रासस
बैशाख ४, २०८३
0

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1235 shares
    Share 494 Tweet 309
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.