झापा : झापामा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बुधबार साँझ भएको दुर्घटनामा झापाको कनकाई नगरपालिका ९ का अन्दाजी ३५ वर्षीय उमेश थापाको मृत्यु भएको हो ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ च ५२५ नम्बरको एम्बुलेन्सले साँझ ७ बजेतिर पैदल हिँडिरहेका बेला ठक्कर दिँदा थापाको बिर्तासिटी अस्पताल पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएकोछ ।
रेडक्रस शाखा घैलाडुब्बाको एम्बुलेन्ससहित चालक झापाको बाह्रदसी गाउँपालिका ७ का ४२ वर्षीय अम्बरराज श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post