मोरङ : मोरङमा १६ वर्षीय बालकले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
मोरङको रंगेली नगरपालिका २ मंगलबारेस्थित विराटनगर–आमबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको हो भने एक बालक घाइते भएका छन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार विराटनगर महानगरपालिका ५ का ४१ वर्षीय बलराम बर्तोला रहेका छन् ।
यस्तै, दुर्घटनामा चालक विराटनगरकै १६ वर्षीय कमल भन्ने कुनाल बर्तौला घाइते भएका छन् । उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएकोछ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं. ०१–०४–००१ प ७१६४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post