झापा : झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थितबाट ठूलो परिमाणमा अबैध औषधि बोकेको गाडीसहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा गाडी चालक इलाम सूर्योदय नगरपालिका ३ का ३० वर्षीय सईन्द्र राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इलामबाट झापातर्फ आउँदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपी ल्याउदै गरेको विभिन्न परिणामको अबैध औषधि बरामद गरी गाडी र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सो परिमाणको अबैध औषधि ६९ लाख भन्दा बढी मूल्य रहेको इलाका प्रहरी कार्यालय धूलाबारीले जनाएको छ ।
बरामद भएको अबैध औषधि थप अनुसन्धानको लागि औषधि ब्यावस्था विभाग शाखा कार्यालय कन्चनबारी विराटनगर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post