Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

डेढ वर्षीया बालिकालाई झाडीमा लगेर दुई जनाले बलात्कार गरेपछि बियरको बोतलले हानेर हत्या

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ३०, २०७८
in टाकुरा विशेष, समाचार
0
डेढ वर्षीया बालिकालाई झाडीमा लगेर दुई जनाले बलात्कार गरेपछि बियरको बोतलले हानेर हत्या

पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरी ।

309
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङको सुन्दरहरैँचा नगरपालिका ७ गणेशपुरकी डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीका अनुसार सुन्दरहरैँचामा दुईदिनअघि साँझको समयमा घरबाटै हराएकी बालिका स्थानीय झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् ।

अचेत अवस्थामा भेटिएकी बालिकालाई उद्वार गरी विराटनगरको नोबेल अस्पताल लगिएपनि उपचारको क्रममा सोही दिन राति साढे १२ बजे मृत्यु भएको एसपी जिसीले बताए ।

उनले भने, ‘आँगनमा खेलिरहेकी बच्चीलाई झाडीमा लगेर दुवैजनाले बलात्कार गरेपछि बियरको बोतलले टाउकामा प्रहार गरेछन्, प्रहारपछि मृत्यु भयो भन्ने भान भएकाले उनीहरू त्यहाँबाट भागेछन् ।’

उनका अनुसार घटना शंकास्पद देखिएपछि प्रहरीले सुक्ष्म भएर अनुसन्धान गरेको र शनिबार दुईजनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् । उनीहरूले गाँजा सेवन गरेपछि बलात्कार गरेको र हत्याका लागि सिसाको बोतल र ढुङ्गा प्रहार गरेको खुलेको उनले बताए ।

‘पक्राउ पर्नेहरूको र मृतकको वडा एउटै रहेछ, बलात्कारपछि हत्या गरेको उनीहरूले स्वीकार गरेका छन्,’ एसपी जिसीले टाकुरासँग भने, ‘गाँजा र मादक पदार्थ सेवन गरेपछि आँगनमा खेलिरहेकी बच्चीलाई झाडीमा लगेर बलात्कार गरियो, त्यसपछि बियरको बोतलले टाउकोमा हानिएको खुलेको छ ।’

प्रहरीका अनुसार पक्राउ परेकाहरू यसअघि पनि लागूऔषधको कुलतमा थिए ।

पक्राउ परेकाहरूलाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी जिसीका अनुसार घरकै आँगनमा खेलिरहेकी बालिकालाई घर नजिकै झाडीमा लगेर पक्राउ परेका दुवैजनाले बालिकालाई बलात्कार गरेका थिए । बलात्कारपछि बालिका चिच्याउने क्रममा बियरको बोतल र ढुङ्गाले टाउकोमा प्रहार गरेको एसपी जिसीले बताए ।

उनले भने, ‘आँगनमा खेलिरहेकी बच्चीलाई झाडीमा लगेर दुवैजनाले बलात्कार गरेपछि बियरको बोतलले टाउकामा प्रहार गरेछन्, प्रहारपछि मृत्यु भयो भन्ने भान भएकाले उनीहरू त्यहाँबाट भागेछन् ।’

प्रहरीका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरेर सुक्ष्म रूपमा अनुसन्धान गरिएपछि घटनाबारे स्वीकार गरेका छन् ।

पक्राउ परेकाहरूलाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र १ नं. प्रदेश प्रहरीको आरआइटीको संयुक्त अनुसन्धान टोली खटिएको थियो ।

Tags: #बलात्कार#हत्याअपराधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी
FEATURE BREAKING

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

by टाकुरा न्यूज । इटहरी
बैशाख १७, २०८३
0

इटहरी : सुनसरी जिल्लामा सुकुम्बासी बसोबासको सबैभन्दा ठूलो केन्द्र धरान उपमहानगरपालिका बनेको छ। उपलब्ध तथ्यांक अनुसार धरानमा मात्रै १४ हजार ७...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

by रासस
बैशाख १७, २०८३
0

झापा : कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विद्यार्थी ओसारिरहेको विद्यापानी माध्यमिक...

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३
इटहरीका ६ वटासहित ८ फार्ममा बर्डफ्लु पुष्टि, ४२ दिनसम्म नयाँ कुखुरा पालन गर्न नपाइने

सुनसरीमा बर्डफ्लू संक्रमणको महामारी, २३ फर्मका कुखुरा नष्ट, ३० करोडभन्दा बढी क्षति

बैशाख १७, २०८३
मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

सुनसरीमा सुकुम्बासीको केन्द्र धरान, दोस्रोमा इटहरी

बैशाख १७, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा विद्यार्थी बोकेको बस दुर्घटना

बैशाख १७, २०८३
निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

निर्वाचनमा अन्तरघात गरेको भन्दै कोशीका मन्त्रीलाई कांग्रेसले सोध्यो स्पष्टीकरण 

बैशाख १७, २०८३
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

झापा बाहुनडाँगीमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

बैशाख १७, २०८३

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1508 shares
    Share 603 Tweet 377
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    647 shares
    Share 259 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.