संखुवासभा : संखुवासभाको चैनपुर ११ गहतेस्थित कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
चैनपुरबाट खाँदबारीतर्फ आउँदै गरेको को २ त ४२९४ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भइ सडकदेखि ७ मिटर तल झरेर दुर्घटना हुँदा चालक संखुवासभा चैनपुर ३ पोखरीका २४ वर्षीय बिनाहाँङ लिम्बू र ट्याक्टर मालिक सोही स्थानका हेमन्त राई घाइते भएका थिए ।
घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएकोमा राईको साढे १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते लिम्बूको उपचार भइरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।












Discussion about this post