बराहक्षेत्र : गत चैत्र ४ गते सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बराहक्षेत्र नगरपालिका ६ का १८ वर्षीय प्रेमकुमार पाण्डे मृत फेला परेका छन् ।
नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खोजतलासको क्रममा प्रहरी टोली खटिएको थियो ।
प्रहरी टोली तथा स्थानीयबासीहरू समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज (आइतबार) दिउँसो साढे २ बजे डुबेर बेपत्ता भएको स्थान भन्दा करीब ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा शव फेला पारेको हो ।
मृत फेला परेसँगै शव परीक्षणको लागि अस्पताल पठाइएको छ भने अन्य थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।














Discussion about this post