इटहरी : इटहरीमा अबैध लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कटवालका अनुसार पक्राउ पर्नेमा सुनसरीको रामधुनी ७ बस्ने २२ वर्षीय जङ्गे भनिने रामबहादुर राई रहेका छन् ।
उनलाई चैत ६ गते राति करीब साढे ११ बजे पक्राउ गरिएपनि आज (बुधबार) साँझ मात्रै प्रहरीले सार्वजनिक गरेको हो ।
प्रहरी निरीक्षक कटवालका अनुसार इटहरी ६ स्थित पश्चिम ट्याक्सी स्टेण्ड बा ६३ प ४५५५ नम्बरको मोटरसाइकलमा सवार राईलाई शंकास्पद अवस्थामा रहेकाले चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको थियो ।
उनको साथबाट नाइट्रोभेट ५१ गोटी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट सातदिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post