झापा : जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नवनिर्मित भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उद्घाटन गरेका छन् ।
एक कार्यक्रमबीच सोमबार मन्त्री कार्कीले उद्घाटन गरेका हुन् । सरकारले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरुको सुरक्षा गर्न आत्मबल बढ्ने हुँदा उनीहरूको गाँस, बास र कपासमा ध्यान दिनु सरकारको दायित्व रहेको उनले बताए ।
मन्त्री कार्कीले जग्गादाता तथा निर्माण कार्यमा सहयोग गर्नेहरूलाई सम्मान समेत गरे ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले नयाँ भौतिक सुविधाले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सिर्जना गर्ने बताए ।
१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँ ९८ पैसाको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माण भएको हो ।














Discussion about this post