झापा : झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित मेची लोकमार्गमा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सोमबार राति एक जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ३ ख ५४६२ नम्बरको ट्रक र सोही दिशातर्फ जाँदै गरेको नम्बर प्लेट बिनाको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको बुद्धशान्ति ४ का २५ वर्षीय अन्जान फागोको मृत्यु भएको छ ।
साँझ ५ बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका फागोको उपचारका क्रममा राति ९ बजेतिर बिर्तामोड बि एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post