इटहरी : इटहरीमा करेन्ट लगाएर माछा मार्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार (आज) करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा इटहरी ५ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कटवालका अनुसार पक्राउ पर्नेमा इटहरी ५ बस्ने २७ वर्षीय बासुदेव विष्ट र सोही ठाउँ बस्ने ३८ वर्षीय सरोज चौधरी रहेका छन् ।
खोला, नहरमा अनाधिकृत रुपमा करेन्ट लगाएर माछा मार्नेलाई प्रहरीले निगरानी बढाएको कटवालले बताए ।
पछिल्लो समय करेन्ट लागेर माछा मार्ने क्रममा मानिसको मृत्यु भइरहेको भन्दै सचेतनाका लागि पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post