झापा : झापामा भ्यानको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ ।
शनिबार बिहान झापाको अर्जुनधारा नगरपालिका पुष्पलाल चोकनजिकै सडकमा मर्निङवाक गरिरहेका अर्जुनधारा ६ बस्ने ५३ वर्षीय कृष्णप्रसाद निरौलाको प्र १–०१–००१ च ५१०७ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक हुन् । उनलाई बिहान ५ः१५ बजे ठक्कर दिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post