इटहरी : पेट्रोलियम व्यवसायीले गर्ने भनिएको आन्दोलन फिर्ता लिएका छन् ।
नेपाल आयल निगमका पदाधिकारीसँग आज (शनिबार) साँझ भएको वार्तामा सहमति भएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।
सहमति अनुसार भोलि (आइतबार) बिहान ८ बजेदेखि नै निगमका सम्पूर्ण डिपो खुल्ने छन् ।
यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीले देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री–वितरण ठप्प पार्ने घोषणा गरेका थिए ।














Discussion about this post