झापा : झापाको दमक नगरपालिक १० मा ट्याक्टर दुर्घटना हुँदा एक जना मजदुरको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार रिङ रोडको भित्री ग्राभेल सडकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ३७४६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दमक ८ का २३ वर्षीय विकास ताजपुरियाको मृत्यु भएको हो ।
उनी सोही ट्याक्टरमा काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा इन्जिनले किचेर ताजपुरिया गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा दमकको एड्भान्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । ग्राभेल बाटोमा ट्याक्टर चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।














Discussion about this post