पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका ७ स्थित मेची राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
हिजो राती ताप्लेजुङबाट फिदिम तर्फ आउदै गरेको ना २ख ८३१६ नम्वरको ट्रक अनियन्त्रित भई सडकको भित्तामा ठक्कर लागि सडकमा पल्टेर दुर्घटना हुँदा ट्रकले च्यापिई चालक पाँचथर फालेलुङ गाउँपालिका १ का २७ वर्षीय प्रेम कुमार गौलीको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटना स्थलमा तत्काल जिल्ला प्रहरी कार्याल पाँचथरबाट प्रहरी टोली गएर ट्रकलाई जेसिविको सहयोगमा उठाएर मृतकको लाश कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाएको प्रहरीले जनाएको छ ।














Discussion about this post