झापा : झापाको बिर्तामोड नगरपालिका २ रामचोकस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६४५५ नम्बरको ट्रकले विपरीत दिशातर्फ आउँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाइकल चालक बिर्तामोड २ का २९ वर्षीय सम्यम बजगाईको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post