झापा : झापाको अर्जुनधारा नगरपालिका ४ दहीझोडास्थित पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
स्थानीय मनु चेम्जोङकी ४ वर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३०० मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा रहेको भनेर स्थानीयले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली खटिइ घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।




















Discussion about this post