इटहरी : इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयका कक्षा ४ मा अध्यनरत रञ्जित निरौला हराएका छन् ।
पारिवारिक स्रोतका अनुसार गत चैत २८ गतेदेखि उनी हराएका हुन् ।
विद्यालयमा परीक्षा दिन गएका निरौला परीक्षा दिएर १२ बजे घर फर्किएको महेन्द्र माध्यमिक विद्यालयकाका प्रधानध्यापक मेदनकुमार घिमिरेले बताए ।
तर, आइतबारसम्म घर नआइपुगेकाले खोजी गरिदिनका लागि परिवारले अपिल गरेको छ ।
खोजीका लागि प्रहरीमा पनि खबर गरिएको भएपनि अहिलेसम्म नभेटिएको पारिवारिक स्रोतले जनाएको छ ।
कतै भेटिएमा ९८४२३६८२५४, ९८०७०२८३३३ वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न परिवारले जनाएका छन् ।














Discussion about this post