इटहरी : इटहरीमा १०२ पदका लागि ५४३ जनाको उम्मेद्वारी परेको छ । जसमध्ये मेयर पदका लागि जम्मा १८ जनाले उम्मेद्धवारी मनोनयन गराएका छन् ।
यस्तै, उपमेयर पदका लागि ९ जना उम्मेद्वारले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।
सुनसरी जिल्लाकै सबैभन्दा बढी मतदाता रहेको इटहरीका २० वटा वडाध्यक्षका लागि १ सय २३ जनाले उम्मेद्वारी मनोनयन गराएका छन् ।
यस्तै, २ सय ३ खुल्ला सदस्य, १ सय १ महिला सदस्य ८९ दलित महिला सदस्यले आफ्नो उम्मेद्वारी मनोनयन गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरीमा सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिष्पर्धा हुने बुझिएको छ ।












Discussion about this post