इटहरी : इटहरीमा १०२ पदका लागि ४०८ जनाको उम्मेदवारी परेको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इटहरीमा १०२ जनप्रतिनिधि चुनिदैँछन् । त्यसका लागि ४०८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी परेकामध्ये १३३ जनाले उम्मदवारी फिर्ता गरेका छन् ।
मेयरमा १६ जना, उपमेयरमा ७ जनाको उम्मेदवारी परेको छ ।
यसअघि मेयरमा उम्मेदवारी दर्ता गरेका माओबादी केन्द्रका भानु मैनाली र राष्ट्रिय जनमोर्चाका लक्ष्मीकान्त ओझाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने उपमेयरका उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी सुशीला उप्रेती र सोमनाथ निरौलाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
उनीहरूले गठबन्धनलाई सघाउने बुझिएको छ ।
यहाँका २० वटै वडाको वडाध्यक्ष पदमा उम्मेदवारी दिएका ३४ जना, खुल्ला वडा सदस्यमा उम्मेदवारी दिएका ४७ जना, महिला वडा सदस्यमा उम्मेदवारी दिएका २६ जना र दलित महिला सदस्यमा उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।
निर्वाचन कार्यालयका अनुसार इटहरीको २० वटा वडाध्यक्षका लागि ८७ जनाले प्रतिष्पर्धा गर्ने निश्चित भएको छ । यस्तै, ४० खुल्ला वडा सदस्यमा पदमा १५६ जना चुनावी मैदानमा छन् ।
महिला वडा सदस्य र दलित महिला वडा सदस्यमा क्रमशः ७५ जना र ६७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।












Discussion about this post