झापा : झापामा २८ लाख बराबरको अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल छेउबाट अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाली घर भई दमक नगरपालिका २ मा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन् । उनलाई भारतबाट नेपालतर्फ आँउदै गरेको अवस्थामा सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंकास्पद भारतबाट नेपालतर्फ आउँदै गरेका जैसीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३४९.७०० ग्राम (हालको बजार मूल्य अनुसार २८,८७,१८२.६५० रुपैयाँ बराबर) को सुन बरामद गरेको हो ।
सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post