खोटाङ : नेपाल प्रेस युनियन खोटाङका पूर्व अध्यक्ष मणिराज दाहाल मृत अवस्थमा फेला परेका छन् ।
खोटाङको सदरमुकाम दिक्तेलस्थित सहकारी संस्थाको भवनमा बस्दै आएका दाहाल मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय खोटाङका अनुसार ६१ वर्षीय दाहाल सहकारीमा काम गर्दै आएका थिए ।
उनी त्यहीँ बस्दै आएको र मृत्युको कारण खुल्न नसकेकाले थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले घटनाको सत्य, तथ्य पत्ता लगाउनका लागि गम्भीर अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।



















Discussion about this post