इटहरी : इटहरीमा पेस्तोलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ४ स्थित नारायण गोपाल टोलबाट प्रहरीले एक पेस्तोल तथा लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय १९ वर्षीय धनबहादुर राईसहित तीनजना रहेका छन् ।
शुक्रबार पक्राउ परेका उनीहरूलाई सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरिने प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ‘युएसए’ लेखिएको पेस्तोल १ थान, म्याग्जिन १ थान र लागूऔषध २३ एम्पुल बरामद गरेको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।












Discussion about this post