झापा : जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संग्लग्न रहेका दुई जनालाई चोरी भएको ४ थान मोटरसाइकलसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मिक्लाजुङ गाउँपालिका ५ पाँचथरका २१ वर्षीय चन्द्र कुमार योङ्या र २० वर्षीय सुरेन्द्र भनिने जीवन कुरुङवाङ रहेका छन् ।
गत १३ गते दमक नगरपालिका ६ बाट चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा उनीहरूले चलाईरहेको अवस्थामा फेला पारी दुवैजनालाई मिक्लाजुङ गाउँपालिका ६ शखधर चोकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूले झापाका विभिन्न स्थानहरूबाट चोरी गरेका अन्य ३ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post