इटहरी : अबैध रूपमा नेपाल भित्र्याइएको कोकाकोला सुनसरीबाट बरामद गरिएको छ छ ।
भारतमा निर्मित कोकाकोला सुनसरीको लौकही नाका हुँदै अबैध रुपमा चोरी पैठारी भइरहेको भन्ने सूचनाका आधारमा गएको भन्सार गस्ती टोलीले को १ ख १७९३ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा भोक्राहा–नरसिंह गाउँपालिका वडा नं. ०६ स्थित इसराइल कामत भन्ने स्थानबाट कोकाकोला नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको उक्त कोकाकोलाको बजार मूल्य करिब एक लाख रुपैयाँ रहेको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिइएको ढुवानीको साधन र मालवस्तु सम्बन्धमुद्दा दर्ता गरी कारबाही शुरु भएको भन्सार कार्यालयले जनाएको छ ।














Discussion about this post