इटहरी : इटहरी उपमहानगरपालिका भित्रका २० वटै वडाका विभिन्न स्थानहरूमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा शिविर सञ्चालन हुने भएको ।
सेवाग्राहीहरूको सहजताका लागि उनीहरूका घरदैलोमा एक महिनासम्म शिविर सञ्चालन हुने भएको हो ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर सम्बन्धि दर्ता अपरेटरहरूलाई ३ दिने प्रशिक्षण तथा अभिमुखिकरण तालिम अन्तिम चरणमा पुगेको छ। तालिम सम्पन्न भएपछि कार्यतालिकासहितको विवरण प्रकाशन गरिने बताइएको छ ।
उपमेयर वडाध्यक्षहरू र सचविहरूको उपस्थित रहेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख हेमकर्ण पौडेलले संघीय सरकारको योजना स्थानीय सरकारले कार्यान्वयन गर्ने कर्तव्य रहेको हुँदा इमानदारीका साथ सबै दर्ता अप्रेटर कर्मचारीहरूलाई शिविरमा खटिन निर्देशन दिए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ बमोजिम व्यक्तिगत घटना दर्तास जन्म, मृत्यु, विवाह, बसाईँसराईँ र सम्बन्ध विच्छेद जस्ता घटना भएको ३५ दिनभित्र सम्बन्धित स्थानीय तहमा दर्ता गराउनुपर्दछ।














Discussion about this post