झापा : ट्र्याक्टरले ठक्कर दिँदा ९ वर्षीय बालकको मृत्यु भएको छ।
झापाको गौरादह नगरपालिका १ का ९ वर्षीय गौरव अधिकारीको ट्र्याक्टरले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार सोमबार (आज) साँझ ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नम्बरको ट्र्याक्टरले उनलाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्र्याक्टर चालक कमल गाउँपालिका १ का २६ वर्षीय विनोद चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।














Discussion about this post