इटहरी : सुनसरीको इटहरी घर बताउने एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको कोशी गाउँपालिका २ बाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित १९ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका ३ घर बताउने रोहित राई रहेका छन् ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनलाई कटुवा पेस्तोल १ थान, गोलीको खोका १ थान, लागूऔषध डाईजापाम १० एम्पुल, नाईट्रोजन १० ट्यावलेट, लिजेसिक ३ एम्पुल, ट्रामाडोल ३,३७५ पिससहित पक्राउ गरेको हो ।
कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post