धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर रहेको मेडिकलहरूमा औषधीहरूको दररेटमा एकरुपता बनाउने निर्णय भएको छ ।
प्रतिष्ठान आसपासको औषधी व्यावसायीहरूले प्रतिष्ठानमा ईम्प्लान्ट (प्रत्यारोपण) गर्न आएका बिरामीहरूसँग मनपरी रूपमा शुल्क लिएको गुनासो आएपछि वडा कार्यालयले निगरानी बढाएको हो ।
शुक्रबार धरान वडा नं. १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) को अध्यक्षतामा औषधी व्यावसायीहरूसँग बसेको छलफलले ईम्प्लान्टको दररेट एकरुपता बनाउने निर्णय गरेको छ ।
वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोमा उपचार गर्न आएका बिरामीहरूले गुनासो गरेपछि वडा कार्यालयले यस विषयमा निगरानी बढाएको वडाध्यक्ष राईले बताए । धरानमा ईम्प्लान्ट सम्बन्धि काम गर्ने ४ वटा औषधी व्यवसायी छन् ।
सुजिता फामेर्सी,सृष्टि फर्मलिन्क, बज्रंग ट्रेड लिंक र अर्थो वर्ड सर्जिकलले ईम्प्लान्ट (प्रत्यारोपण) गर्दा लाग्ने सामग्रीहरुको बिक्री वितरण गर्छन् ।
नेपाल औषधी व्यवसायी संघ धरानका अध्यक्ष मचेन लिम्बूको संयोजकत्वमा एक अनुगमन समिति समेत गठन गरिएको वडाध्यक्ष राईले बताए । औषधीहरूको दररेट उपभोक्ताहरुले देखिने राख्न लगाउन पनि आह्वान गरिने वडाध्यक्ष राईले बताए ।
वडाध्यक्ष राईका अनुसार असार ५ गते आइतबार ल्याव सञ्चालकहरूसँग छलफल गरिने छ । यस्तै, ६ गते सोमबार सम्पूर्ण औषधी व्यवसायीहरूसँग छलफल गरिने बताइएको छ ।
साथै, वडाध्यक्ष राईले वीपी प्रतिष्ठानको गेट अगाडि रहेका टेम्पो व्यवसायीहरूसँग छलफल गरी व्यवस्थापन गर्ने बताए ।














Discussion about this post