इटहरी : इटहरीमा इजाजत बिना नै पायल्सको अप्रेसन हुने भन्दै ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अुनसार पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर चौविसे घर भइ हाल इटहरी ६ मा बस्ने ३१ वर्षीय रनो तालुकदार रहेका छन् ।
उनलाई सोमबार साँझ ६ बजेको समयमा पक्राउ गरिएको खड्काले जानकारी दिए ।
तालुकदारले बिना इजाजत पायल्स रोगको अप्रेसन तथा उपचार हुने भन्दै विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उपचारमा प्रयोग हुने औजारहरूसहित तालुकदारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।














Discussion about this post