इटहरी : इटहरीमा जबरजस्ती करणी मुद्वाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरी प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा इटहरी ९ बस्ने लतिव मियाँ रहेका छन् ।
सुनसरी जिल्ला अदालतको लगत नं. १,२४० मिति २०५८।४।५ गतेको फैसला आदेश अनुसार २–११–१२ दिन बेरुजु कैद भइ निज प्रतिवादी वारदात पश्चात फरार रहेको हुदाँ उनको खोजतलास गर्ने क्रममा मिति २०७९ असार ९ गते इटहरी ९ स्थितमा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलार्ई आजै जिल्ला अदालतमा हाजिर गराई पुर्पक्षको लागि झुम्का कारागार चलान चलान गरिएको प्रहरीले जनाएको छ ।












Discussion about this post