इटहरी : इटहरी १९ मा रहेको फुजीसन सगरमाथा इङ्लिस बोर्डिङ स्कुलमा पृथक कार्यक्रमको आयोजना गरी धान दिवस मनाइएको छ ।
बुधबार विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी धान दिवस मनाइएको हो । विद्यालयका प्रबन्ध निर्देशक राकेश श्रेष्ठका अनुसार विद्यार्थीलाई घोकन्ते शिक्षाभन्दा बाहिर रहेर पृथक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बाजागाजासहित विद्यार्थी, अभिभावक तथा आमन्त्रित अतिथिहरूले रोपाइँ गरेका थिए ।
बाजागाजासहित रोपाइँ गर्दा विद्यार्थीहरूमा प्रयोगात्मक कुराले जीवनमा प्रयोग हुने भएकाले नयाँ अभ्यास भएको उनले बताए ।
‘हामीले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिनुपर्छ भनेर आज यो किसिमको कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने, ‘देशको मुख्यबाली धानबाली भएका कारण पनि धान दिवसको अवसर पारेर विद्यार्थीहरूलाई फरक ढंगले सिकाउने अभ्यास गरेका हौँ ।’
विद्यालयका परामर्शदाता सूर्यप्रसाद चौलागाईँका अनुसार एकीकृत पाठ्यक्रममा रहेर शिक्षा प्रदान गर्नुपर्छ भन्ने उदेश्यले उक्त अभ्यास गरिएको हो ।














Discussion about this post