झापा : झापाको कचनकवल गाँउपालिका ४ नयाँ बस्तीस्थित माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
स्थानीय भीमबहादुर लिम्बूको ११ वर्षीय छोरा रिसान लिम्बूको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी टोली खटिइ उद्वार गरी उपचारको लागि पब्लिक केयर अस्पताल बनियानी पुर्याउनसाथ बालकको मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post