झापा : झापाको कनकाई नगरपालिका ८ मा रहेको पिकनिक स्पोटमा घुम्न आएका बालकको खोलाले बगाएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १ अतिथि सदन टोल बस्ने नवीन ओलिका ६ वर्षीय छोरा सर्वजित ओली रहेका छन् ।
बुबासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराई बेपत्ता भएका थिए ।
हराएका बालकको खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५ सय मिटर दक्षिणमा मृत अवस्थामा भेटिएको थियो ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















Discussion about this post