तरहरा : उद्योग वाणिज्य संघ इटहरी, तरहरा शाखाको अध्यक्षमा सुदर्शन खड्का निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत मेदनकुमार घिमिरेका अनुसार शनिबार (आज) तरहरामा भएको शाखा अधिवेशनले खड्कालाई निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनमा सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।
वाणिज्यतर्फको सदस्यहरूमा विकास गिरी, सन्तोष श्रेष्ठ, योगेन्द्र सुवेदी, चेत बस्नेत, ईन्द्र रसाइली, जीवन राई, प्रवीण राउत, मानबहादुर बस्नेत, जगतबहादुर भट्टराई र गोविन्द कोइरालालाई निर्विरोध चयन गरेको हो ।
उद्योगतर्फको सदस्यमा भक्तबहादुर पुरी र मिलन सेवा निर्विरोध निर्वाचित भए ।
यस्तै, महिलातर्फ निर्मला सापकोटा र कविता गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।












Discussion about this post