झापा : झापाको शनिश्चरे–बिर्तामोड सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनाबाट फिदिम ५ पाँचथर घर भइ झापा बुद्धशान्ति गाउँपालिका २ जयपुर बस्ने २४ वर्षीय कुमार खनालको मृत्यु भएको हो ।
बा ४२ प १२८ नम्बरको मोटरसाइकल कप्तानबारी चोक नजिकै सडकबाट अनियन्त्रित भएर नालीमा खस्दा खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खनालको शव सडक किनारमा आज बिहान पैदल यात्रीले देखेर प्रहरीलाई खबर गरेका थिए ।
शनिश्चरेस्थित एक फर्निचरमा काम गर्ने खनाल शुक्रबार मोटरसाइकलको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन्छु भनेर घरबाट हिँडेका पारिवारिक श्रोतले जनाएको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post