ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङ नगरपालिका ९ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार कुटपिट गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फुङ्लिङ ९ का ६५ वर्षीय बलबहादुर साँवाले श्रीमती ५४ वर्षीया कान्छीमाया लिम्बूलाई घरायसी विवादका क्रममा कुटपिट गर्दा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोली खटिइ कुटपिट गर्ने साँवालाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।














Discussion about this post