झापा : झापाको बुद्धशान्ति गाउँपालिका ६ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।
बुद्धशान्ति ४ का चन्द्र मावोको १२ वर्षीय छोरा इचिहाङ मावोको कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post