खोटाङ : बाँदरले अन्नबाली विनास गर्न थालेपछि जिल्लाको खोटेहाङ गाउँपालिका ४ र ७ का किसानलाई वडा कार्यालयले बाँदर धपाउने मेसिन वितरण गरेको छ।
युपिभिसी पाइपबाट निर्माण गरिएको बन्दुककोजस्तो ठूलो आवाज आउने उपकरण वडा कार्यालयले खरिद गरेर वितरण गरेको हो।
बिहीबार बडकादियालेका १० जना र खोटाङ बजारका १० किसानलाई पड्काएर बाँदर धपाउने उपकरण वितरण गरिएको छ।
राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा दुई हजार आठ सयका दरले खरिद गरेर ल्याएको खोटेहाङका ७ का वडाध्यक्ष शिव फुयाँलले बताए ।



















Discussion about this post