झापा : झापाको मेचीनगरमा विषालु सर्पले डसेर एकजना स्वास्थ्य स्वयमसेविकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर ११ की रुपा मैनाली रहेकी छन् ।
गएराति घरमा सुतेको अवस्थामा विषालु सर्पले डसेर घाइते बनाएको थियो । तत्काल उनलाई उपचारको लागि चारआलीस्थित सर्पदंश लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विर्तामोड लैजादै गर्दा बाटोमा नै ज्यान गएको मेचीनगर ११ का वडाध्यक्ष रुद्र डागीले जानकारी दिए ।











Discussion about this post