इटहरी : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते सञ्चालन गर्ने जनाएको छ ।
बोर्डले एक सूचना जारी गर्दै सम्बन्धित विद्यालयमार्फत् भदौ ५ गते सम्ममा शिक्षा विकास तथा समन्वय इकाइमा परीक्षा आवेदन फाराम पेस गरेका परीक्षार्थी पूरक परीक्षामा सहभागी हुन पाउने जनाएको हो।
पूरक परीक्षामा सहभागी हुन अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
बिहान ८ बजेदेखि ११ सम्म परीक्षा हुने जनाइएको छ ।
सूचना















Discussion about this post