इटहरी : इटहरीमा लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार साँझको समयमा इटहरी ५ बाट ब्राउनसुगरसहित ४० वर्षीय राजु विश्वकर्मालाई पक्राउ गरिएको हो ।
मोरङको पथरीशनिश्चरे घर भएपनि उनी इटहरी ५ मा कोठाभाडामा बस्दै आएको खुलेको छ ।
उनले आफ्नै कोठामा ब्राउनसुगर बेचबिखन गरिरहेको भन्ने सूचना प्राप्त भएसँगै इटहरीमा खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा पोका बनाएर राखेको ६५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका विश्वकर्मामाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post