Wednesday, August 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

फोटो दुरुपयोग भएपछि मञ्जु भण्डारीले मेयर साम्पाङलाई भनिन्, ‘तपाईँलाई साइबर अपराधको बारेमा जानकारी नै नभएको त कसरी भनौँ ?’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १६, २०७९
in टाकुरा विशेष, समाचार
0
फोटो दुरुपयोग भएपछि मञ्जु भण्डारीले मेयर साम्पाङलाई भनिन्, ‘तपाईँलाई साइबर अपराधको बारेमा जानकारी नै नभएको त कसरी भनौँ ?’

हर्क साम्पाङले सामाजिक सञ्जालमा गरेको पोस्ट ।

313
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले आइतबार मेयर हर्क साम्पाङको कार्यकक्ष घेरेपछि साम्पाङले एउटा तस्वीर फेसबुकमा पोस्ट गरे ।

जहाँ मञ्जु भण्डारीलाई भोट माग्दै गरेको खेमराज नेपालीको फोटो राखिएको थियो । मेयर साम्पाङले बराह बचतको विषयलाई लिएर एमाले कार्यकर्ताले पीडितलाई उचालेको भन्दै फेसबुक पोस्ट गरेका थिए ।

स्थानीय निर्वाचनमा मेयरकी उम्मेदवार समेत रहेकी भण्डारीलाई मत मागेको फेसबुक ब्यानरसहित साम्पाङले सञ्जालमा पोस्ट गरेका थिए ।

भण्डारी गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरकी उम्मेदवार थिइन् । निवर्तमान उपमेयर समेत रहेकी उनले आफ्नो फोटो दुरुपयोग भएपछि सामाजिक सञ्जालमा स्टाटस राख्दै मेयर साम्पाङलाई सचेत गराएकी छन् ।

‘धरानका मेयर हर्क साम्पाङ ज्यू ! बराह पीडितहरूसँगका तपाईँका प्रसङ्ग जोडेर मेरो फोटो दुरुपयोग गर्ने र एमालेलाई लाञ्छित गर्ने काम किन गर्नु हुन्छ ?’ भण्डारीले लेखेकी छन्, ‘तपाईँलाई साइबर अपराधको बारेमा जानकारी नै नभएको त कसरी भनौँ ? नगर सरकारका प्रमुखले लोकप्रियताका नाममा होस गुमाउँदा नगरवासीको शिर निहुरिनेमा सजग बन्नुभयो भने मात्रै धरानवासीको मर्यादा उँचो हुने हो ।’

बराह सहकारीबाट पीडित रहेकाहरूको संघर्ष समितिका संयोजक खेमराज नेपालीले पीडितलाई उचालको आरोप लगाउँदै मेयर साम्पाङले उक्त पोस्ट राखेका थिए ।

बचतकर्ता तथा शेयरधनीको करोडौँ रकम अपचलन गरेको भन्दै वराह बचत तथा ऋण सहकारी संस्थालाई छानबिन गरी कारबाही गर्न र आफूहरूको पैसा फिर्ता माग्दै पीडितहरू आन्दोलनरत छन् ।

यसैबीच धरान उपमहानगरको सहकारी ऐन २०७५ दफा ६२ अनुसार सहकारीका सञ्चालकसहित कर्मचारीको बैङ्क खाता र स्थिर (अचल) सम्पत्ति रोक्का गर्ने निर्णय गरेको हो ।

साथै बराहअन्तर्गत सञ्चालित सम्पूर्ण संस्थाको खाता पनि रोक्का गर्ने निर्णय गरेको हो । सम्पत्ति रोक्काका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ , आन्दोलनरत पीडितहरूले बराहको सबै सम्पत्ति रोक्का गरिनुपर्ने, सञ्चालकको निगरानी राख्नुपर्ने र बचतकर्ताहरूको बचत फिर्ता गर्नुपर्ने लगायतको माग राखेर चरणबद्द आन्दोलन गर्दै आएका छन् ।

 

Tags: #धरानटाकुरा विशेषबराह बचत तथा ऋण सहकारी संस्थामञ्जु भण्डारीहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप
खेलकुद

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीको जैविक मार्गभन्दा बस्ती संरक्षण प्राथमिकतामा राख्न माग

भदौ ९, २०८३
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.