खोटाङ : खोटाङमा एक पुरुष मृत फेला परेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङका २७ वर्षीय किसन हिङमाङ बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। उनी ट्याक्टर चालक रहेको खुलेको छ ।
मृतक हिङमाङले दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए ।
उनी खत्रीकै घरमा बस्दै आएको र उनकै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post