झापा : छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ ।
आइतबार झापाको अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा भएको दुर्घटनामा स्थानीय ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो ।
छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुमनले सडकमा भएको खाल्डोबाट मोटरसाइकल जोगाउन खोज्दा पछाडि बसेकी आमा लक्ष्मीमाया खसेकी थिइन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post