झापा : झापाको मेचीनगर नगरपालिका ६ पूर्व–पश्चिम राजमार्गस्थित बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
बिहीबार (आज) बिहान पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मति प्रदेश ३–००१ ख १६०२ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको अवस्थामा स्थानीय ४० वर्षीय चेतनाथ फुयाँललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको तत्काल बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालकलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post