झापा : झापाको कचनकवलमा सर्पले डस्दा एक जना बृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका ५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडु रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिएका छन् ।
प्रहरी अनुसार शनिबार बिहान आफ्नै घरको ग्वालीमा पराल निकाल्न जाँदा टुडुलाई किङ कोब्रा सर्पले बायाँ खुट्टामा डसेको थियो ।
सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंशको उपचार केन्द्र बनियानी लगिएको थियो। समयमै उपचार केन्द्र पुर्याउन नसक्दा उनको शरीरभरि विष फैलिसकेकाले भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्था आयको थियो।
तर, केन्द्रमा भेन्टिलेटर सेवा नहुँदा उनलाई थप उपचारका लागि भद्रपुर पठाइएको थियो। उनलाई उपचारका लागि ओम साई पाथीभरा हस्पिटल भद्रपुर पुर्याउना साथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ।











Discussion about this post